उपत्यकाको फोहोर उठ्न अझै केही दिन लाग्ने

Advertisement

काठमाडौं । उपत्यकाको फोहोर उठ्न अझै केही दिन लाग्ने भएको छ । नुवाकोट सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकन गर्नुपर्ने लगायत माग गर्दै आन्दोलन थालेपछि एक हप्तादेखि उपत्यकाको फोहोर उठाउन समस्या भएको छ ।

एक हप्तादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको जोखिमसमेत बढेको छ । फोहर ब्यवस्थापनबारे जनप्रतिनिधि र स्थानीयबासिन्दासँग छलफल गर्न प्रयास गरिरहे पनि स्थानीयबासिन्दा बार्तामा आउनै नचाहेकाले समस्या जटिल बन्दै गएको काठमाण्डौ महानगरपालिकाका वातावरण विभागले जनाएको छ ।

गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, विज्ञ र स्थानीयबासिन्दाको बैठक बस्नुपर्ने भएकाले अझै केही दिन लाग्ने छ । शनिबार वार्ताको प्रयास भए पनि सहमति नहुँदा स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको थियो । सिसडोलमा फोहोर भरिँदै गएकोले नुवाकोटकै बञ्चरेडाँडामा फोहोर फाल्ने ठाउँ बनाउने भनेर काम थालिए पनि काम पूरा हुन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement