दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना

Advertisement

काठमाडौं । सुरक्षा नभएको भन्दै स्थानीय सरकार सदरमुकामबाट चलाउँदै आएका जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना भएको छ । बारेकोट गाउँपालिकाको केन्द्र, बारेकोट–२, लिम्सा र कुशे गाउँपालिकाको केन्द्र, कुशे–६, थर्पुभार्मामा अस्थायी प्रहरी कार्यालय स्थापना गरिएको हो ।

यी स्थानीय तहले सुरक्षा नभएको भन्दै सदरमुकाममा कार्यालय सञ्चालन गरेका थिए । प्रहरी चौकी स्थापनासँगै बैंकसमेत स्थापना गर्नका लागि बाटो खुलेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बैंक स्थापना भए पनि सेवा प्रवाह रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी नायब उपरीक्षक श्याम खत्रीको टोली बारेकोट गाउँपालिकाको लिम्सामा पुगेर आजै प्रहरी चौकी स्थापना गरिएको छ । सुरक्षाको व्यवस्थापन गरेसँगै अब गाउँमा सेवा पाउने स्थानीय तहका प्रमुखले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement