नेप्सेमा दोहोरो अंकको गिरावट, कुनै समूहमा पनि सुधार देखिएन्

Advertisement

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सेयर बजार परिसुचक नेप्से १२ दशमलव २७ अंकले घटेर एक हजार २४४ दशमलव ८८ कायम भएको छ भने ६४ करोड ५० लाख रुपियाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको संस्थापक सेयर १० करोड ३८ लाख रुपियाँको खरिद बिक्री भएको छ । दोस्रोमा नेपाल बैंकको छ करोड ६३ लाख रुपियाँको खरिद बिक्री भएको छ । समूहगत कारोबारतर्फ बणिज्य बैंक समूहको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ ।

आज कुनै पनि समूहमा सुधार आउन सकेन् । जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त समूहको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ । आज धेरै नाफा गर्नेमा स्वाबलम्बन लघुवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा अगाडि राइलाङ हाइड्रोपारका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement