विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको प्रतिनिधि मण्डल डालियान प्रस्थान

Advertisement

काठमाडौं । चीनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा यहि जुलाई १ देखि ३ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल त्यस तर्फ प्रस्थान गरेको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेतृत्व गरेका उक्त प्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्ष द्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल रहेका छन् ।

उक्त प्रतिनिधि मण्डलले चिनमा रहदा चिनको अन्तराष्ट्रि व्यापार प्रवद्र्धन परिषदका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नेछ । सो भेटघाटमा चिनिया लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने कार्यक्रम छ ।

त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउने मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुसंग समेत नेपालको लगानीको वातावरणका सम्बन्धमा छलफल हुने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधि मण्डलले डालियानमा रहदा अन्य देशहरुका समकक्षिसंग समेत सहकार्यका लागि छलफल गर्ने छ ।

Advertisement

Advertisement

Advertisement