उदयपुरको चौदण्डीगढी नगरपालिकाको सुन्दरपुरमा सामूहिक धान रोपाई

Advertisement

उदयपुर । असार १५ अर्थात् धान दिवसको अवसरमा आइतबार उदयपुरको चौदण्डीगढी नगरपालिकाले वडा नम्बर ५ को सुन्दरपुरका स्थानियले सामूहिक धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । नगरपालिका र वडा कृषि सञ्‍जालको संयुक्त आयोजनामा स्थानियले सामूहिक धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् ।

वडा नम्बर ५ का वडा अध्‍यक्ष देव नारायण चौधरी र सर्वसाधारणले सामूहिक रुपमा ‘खेत रोपौं, कृषि बचाऔ’ भन्दै सबैमा कृषि कर्ममा लाग्न सामूहिक धान रोपेका हुन् ।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ ।

२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्धेश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

Advertisement

Advertisement

Advertisement