भारतीय फिल्म अवार्डका लागि सरकारले एक अर्ब बजेट छुट्याएकोमा नेता रावलको आपत्ति

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा आईताबार आयोजित एक साक्षात्कार कार्यक्रममा नेता रावलले यस्तो बताएका हुन् ।

उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने धारणा राखे।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क गरे।

उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको बताए ।

सरकारले उक्त फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाए ।

Advertisement

Advertisement

Advertisement