प्रेममा बाधक बनेपछि छोरीले नै गरिन् आमाको हत्या

Advertisement

काठमाडौं । आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन् । भक्तपुरकी ईश्वरी भट्टराई आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार प्रेममा बाधक भएको भन्दै उनले आमाको हत्या गर्न लगाएकी हुन् । प्रहरीले ईश्वरीसहित अन्य चारजनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा ईश्वरीका प्रेमी मोहमद नवशादसमेत रहेका छन् ।

त्यसैगरी भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि पक्राउ गरिएको छ । आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement