स्वीस बैंकमा कालो धन जम्मा गर्ने सूचीमा नेपाल १०९ औं स्थानमा

Advertisement

जेनेभा । स्वीस बैंकको नाम लिने बित्तिकै हाम्रो मनमा कालोधनको विचार उठ्छ । हालै मात्र स्वीस नेसनल बैंक (एसएनबी) ले एक आंकडा जारी गरेको छ । जसअनुसार स्वीट्जरल्यान्डको बैंकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्यको रहेको देखिएको छ । यो सूचीमा नेपाल १०९ औं स्थानमा रहेको छ । हाम्रो छिमेकी मुलुक भारत ७४ औं स्थानमा रहेको छ ।

यो सूचीमा पाकिस्तान ८२ औं स्थनमा बंगलादेश ८९ औं स्थानमा, श्रीलंका १४१ औं स्थानमा, म्यानमार १८७ औं स्थानमा र भुटान १९३ औं स्थानम रहेका छन् ।

एसएनबीका अनुसार स्वीस बैंकमा भारतीय धन जम्मा गर्ने मामिलामा धेरैनै पछाडि रहेका छन् । स्वीस बैंकमा विदेशिले जम्मा गरेको कुल धनमा केबल ०।०७ प्रतिशत मात्रै भारतीयको रहेको छ । २०१८ को अन्त्यसम्ममा स्वीस बैंकमा जम्मा भएको कुल रकमको २६ प्रतिशत संयुक्त अधिराज्यका मानिसको थियो । युकेपछि दोस्रो स्थानमा अमेरिका रहेको छ । तेस्रोमा वेस्ट इन्डिज, चौथोमा फ्रान्स तथा पाँचौ स्थानमा हङकङ रहेको छ । स्वीस बैंकमा कुल जम्मा भएको राशिको ५० प्रतिशत भन्दान बढी पैसा यी पाँच देशका रहेका छन् ।

स्वीट्जरल्यान्डको बैंकमा जम्मा दुई तिहाई धन शीर्ष १० देशका मानिसको रहेको छ । यी देसमा जर्मनी, लक्जम्बर्ग, कायमान तथा सिंगापुर समावेश छन् । स्वीस बैंकमा जम्मा करिब ७५ प्रतिशत धन शीर्ष १५ देशका मानिसको रहेको छ । जबकी ९० प्रतिशत धन शीर्ष ३० देशका मानिसको रहेको छ ।

स्वीस नेसनल बैंकमा पैसा जम्मा गर्ने मामिलामा ब्रिक्स देशमा भारत सबैभन्दा तल्लो स्थानमा रहेको छ । जबकी रुस यो सूचीमा सबैभन्दा माथी अर्थात २० औं स्थानमा रहेको छ । चीन २२ औं, दक्षिण अफ्रिका ६० औं तथा ब्राजिल ६५ औं स्थानमा रहेका छन् ।

सूचीम समावेश अन्य देश मौरिसस ७१ औं, न्यूजिल्यान्ड ५९ औं, फिलिपिन्स ५४ औं, भेनेजुयला ५३ औं, सेशेल्स ५२ औ, थाइल्यान्ड ३९ औ , क्यानडा ३६ औं, टर्की ३० औं, इजरायल २८ औं, साउदी अरेबिया २१ औं, पानामा १८ औं, जापान १६ औं, इटाली १५ औं, अस्ट्रेयिा १३ औं , संयुक्त अरब इमिरेटस १२ औं स्थानमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement