प्रधानमन्त्रीले भने-  अहिलेकै अवस्थामा वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा वायुसेवा निगमलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपियाँ पनि दिन नसकिने बताएका छन्। निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’

उनले अघि भने, ‘अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । यो व्यवहारमा देखिनुपर्‍यो ।’

जहाज चढ्ने, चढाउने सबै फाइदामा रहेको, तर बोक्ने जहाज मात्र घाटामा रहेको भन्दै उनले भने, ‘जहाजले होइन, हाम्रो कारण नोक्सान भएको छ ।’

राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन्।

Advertisement

Advertisement

Advertisement