अनिल शाह भन्छन्– व्यापार घाटा कम गर्ने हो भने 'राणा शासन' चाहिन्छ

Advertisement

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बढ्दो व्यापार घाटा मुलुकको लागि ठूलो चुनौतिको विषय बनेको भन्दै यसलाई सन्तुलन गर्ने हो भने राणा शासन चाहिने तर्क गरेका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले, ‘व्यापार घाटा कम गर्ने हो भने राणा शासन नै चाहिन्छ । राज्य अलिकति कठोर हुुनै पर्छ, उत्पादन बढाउन र स्वदेशी सामान उपयोग गराउन न सरकारले सक्ने, हामीले टेर्ने, यसरी व्यापार घाटा कम हुँदैन् । शाहका अनुसार विदेशमा काम गरेर पैसा कमाउनेले विदेशी सामान किन्नु स्वाभाविक भए पनि उनीहरुले पठाएको पैसा लिएर यहाँ बसेकाहरुले विदेशी सामान किन्दै मोज गर्ने कुरा सुहाउँदैन भने । यो आर्थिक बर्षमा मुलुकको व्यापार घाटा र बजेटभन्दा धेरै हुँदैछ ।

सिइओ शाहले लामो समयपछि स्थिर सरकार बन्नु सकारात्मक भए पनि संघीयताले बढाउने खर्च कसरी धान्ने भन्ने कुरामा कसैको ध्यान जान नसकेको बताए । उनी भन्छन्– गणतन्त्र भनेर जुन ल्याइएको छ, त्यो आर्थिकरुपमा मुलुकले धान्नै सक्दैन् । एउटा सरकार धान्न गाह्रो भइरहेको बेला तीन तहका सयौं सरकार बनाएर त्यहाँका मन्त्री, मुख्यमन्त्री, साँसद, मेयर, उपमेयर वडा सदस्यसम्मलाई कसरी पाल्ने ? भन्ने शाहको प्रश्न छ ।

उनी भन्छन्– न हाम्रो खाडीमा जस्तो तेल छ, न अरु खनिज उत्खनन गर्न सकिएको छ, न हाइड्रोपावर उत्पादन गरे बेच्न सकेको अवस्था छ, हाम्रो आम्दानीको दह्रो स्रोत खोइ ? एउटै जनतासँग १० तिरबाट कर उठाएर सरकारहरु चलाउने कुराले कसरी संवृद्धि आउला र ?

Advertisement

Advertisement

Advertisement