बुढानिलकण्ठमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। बुढानिलकण्ठको पासिकोटमा मंगलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसले तीन वर्षीया सुदिप्ती परियारलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।

उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएकी सुदिप्तीको उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बालिकालाई ठक्कर दिएको स्कुल बसका चालक फरार छन्। उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको बोगटीले बताए। अहिले स्थानीयबासीले स्कुल अगाडि प्रदर्शन गरिरहेका छन्।