प्रविधिमा आधारित बैंकिङ प्रणालीमा मलाई नै विश्वास छैन्ः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति आफूलाई नै विश्वास नरहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरतासम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मंगलबार उनले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति आफूलाई नै विश्वास गर्न गाह्रो हुने गरेको बताएका हुन् ।

खतिवडाले आफूले २५ वर्षभन्दा लामो समय केन्द्रीय बैंकमा काम गर्दा पनि प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त हुन नसकेको भन्दै प्रविधिको प्रयोग बढे पनि चुनौति सँगसँगै थपिने गरेको बताए । उनले प्रविधिमा आधारित कारोबारलाई अझै कडा नियमन गर्नु जरुरी रहेको उनको भनाई छ । खतिवडाले भरपर्दो प्रविधि प्रयोग गर्न पनि बैंक वित्तीय संस्थालाई सल्लाह दिए ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताए । उनले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरे पनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने बताए । नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको खतिवडाको भनाई छ ।

नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्ने भन्दै ५० लाखभन्दा बढी युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरे पनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको बताए ।

खतिवडाले महिलाहरु पनि वित्तिय कारोवारमा संलग्ने हुने क्रम बढकाले उनीहरुलाई साक्षर बनाउने बनाउनुपर्ने बताए ।

दी अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएर्फइ)सँगको सहकार्यका बोर्डले आयोजना गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement