कञ्चनरुप नगरपालिकाद्वारा बारुणयन्त्र खरीद

Advertisement

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरीद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताए ।

सांसद साझेदारी कार्यक्रमअन्तर्गत ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरीद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताए। नगरपालिकाले बारुणयन्त्र खरीद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् ।

कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement