ट्रम्पलाई कटाक्ष गर्दै कार्टुन बनाउने कार्टुनिस्टको जागिर गयो

Advertisement

क्यानडा । क्यानडाका कार्टुनिस्ट माइकल डी एडर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेपछि जागिरबाटै बर्खास्त भएका छन् ।

मेक्सिकोबाट अमेरिका जाँदै गरेका बावु–छोरी डुबिरहेको तलाउछेउमा राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको तस्बिर सहितको कार्टुन उनले बनाएका थिए । जहाँ ट्रम्पले भनेका छन्, ‘म यहाँ गल्फ खेलेँ भने तिमिलाई दुख लाग्दैन ?’

यस्तो कार्टुन बनाएपछि उनका कार्टुन अखबारले प्रकाशन गर्नै छाडिदिएको बताइएको छ । पछिल्लो साता उक्त कार्टुन भाइरल नै भएको थियो । मेक्सिको र अमेरिकाको सीमाक्षेत्रमा मेक्सिकन बावु/छोरी तलाउमा डुबेर मृत अवस्थाको तस्बिर संसारभर भाइरल भएको थियो । उक्त तस्बिरलाई लिएर अमेरिकी आप्रवासी नीतिबारे समेत टिप्पणी हुन थालेको छ । सोही विषय अन्तर्गत कार्टुनिस्ट माइकलले ट्रम्पलाई व्यंग्य गर्दै कार्टुन प्रकाशन गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement