मुलुकमा बस्न मन छैन पुल्चोक इन्जिनीयरिङ कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई

Advertisement

काठमाडौं । तीनै तहका सरकारले प्राविधिक जनशक्ति बढाउने योजना बनाइरहँदा क्याम्पसमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी विदेशिरहेका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययन गरेकामध्ये उत्कृष्ट अङ्क ल्याएकामध्ये थोरै मात्रै विद्यार्थी देशमा नै बस्ने चाहेको पाइएको पुल्चोक इञ्जिीनियरिङ क्याम्पसले जनाएको छ ।

विगतमा पास गरेकाहरु वैदेशिक अध्ययनमा गइरहेको र अहिले अध्ययनरत् पनि पास हुनासाथ विदेश नै जाने योजना बनाएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताए । उनका अनुसार स्नातक तहमा इञ्जिनीयरिङ विभागका जुनसुकै सङ्कायमा अध्ययन गरेकाहरु स्नातकोत्तरका लागि विदेश जान चाहन्छन् । अमेरिका, बेलायत र क्यानडा नै धेरैको रोजाइमा परेको उनले बताए । स्नातक सकेर स्नातकोत्तर अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या पनि धेरै रहेको क्याम्पसले जनाएको छ । दुवाले भने, “उता नै राम्रो अवसर पाउनेभन्दै विद्यार्थीहरु स्नातक, स्नातकोत्तर गर्ने र उतै काम गर्ने गरी जान्छन् ।”

कलेजका कक्षामा पढिरहँदा नै धेरैले थप अध्ययन विदेशमा गर्ने योजना बनाउने गरेको उनको भनाइ छ । विदेशमा रहेका कतिपय विश्वविद्यालय पहिले नै यहाँका विद्यार्थीका लागि विभिन्न अवसरको उद्घोष गर्ने गरेको सहायक क्याम्पस प्रमुख दुवाले बताए । उनले भने, “अहिले पनि जापानको एउटा विश्वविद्यालय १२० जना विद्यार्थीलाई स्नातकोत्तर अध्ययनको अफर लिएर आइरहेको छ ।” २५ वर्ष पुरानो क्याम्पसमा अहिले छ सङ्काय रहेका छन् ।

Advertisement

Advertisement

Advertisement