सानिमा बैंकको उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि छात्रवृत्ति योजना (सूचनासहित)

Advertisement

काठमाडौं । सानिमा बैंकले उच्च शिक्षा अध्ययन गर्ने प्रत्येक शाखाबाट २–२ लाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम ग्राहकसामु ल्याएको हो ।

शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी श्रावण १० गते भित्र आवेदन दिन आव्हान गरेको छ । बैंकले विगत ७ वर्षदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको बैंकको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Sanima-bank

Advertisement

Advertisement

Advertisement