रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिए

Advertisement

काठमाडौं । २०१९ जनवरीदेखि जुन मसान्तसम्ममा रसुवागढि नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । छ महिनामा १३ हजार ७० पर्यटक नेपाल भित्रिएका हुन् ।

जसमा जनवरीमा आठ सय ४२, फेब्रुअरीमा तीन सय ४०, मार्चमा छ सय ८५, अप्रिलमा एक हजार चार सय ९१, मेमा तीन हजार पाँच सय ३७ र जुनमा छ हजार ७५ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएको रसुवागढी भन्सार कार्यालयको तथ्याङ्क छ ।

भन्सार कार्यालयका अनुसार पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ तथा अन्य देशका पर्यटक भित्रने तथा बाहिरिने क्रम बढेको हो । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सन् २०१६ देखि चिनियाँ पर्यटक यो नाका हुँदै आउन थालेका थिए् ।

Advertisement

Advertisement

Advertisement