युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित

Advertisement

जर्मनी । युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ।
जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको हो।

युरोपेली केन्द्रीय बैंकको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो।

उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए। युरोपेली आयोगको नयाँ अध्यक्ष छान्न मेर्कल(माक्रोँ विभाजित युरोपेली चुनावमा ठूला दलहरूलाई धक्का संसदले अनुमोदन गर्नुपर्ने बेल्जियमका उदारवादी प्रधानमन्त्री सार्ल मिसेल युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कको ठाउँमा मनोनित भएका छन् भने स्पेनका युसेफ बोरेल विदेश मामिला प्रमुखमा प्रस्तावित भएका छन्।

पाँचौं महत्त्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने बुधवार मनोनयन गरिनेछ। धेरैजसो पदहरूलाई संसदले अनुमोदन गर्नुपर्नेछ।

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन्।

सन्देश
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले युरोपेली आयोगको प्रमुखमा मनोनयन गरिएकी फोन डेर लायन निकै राम्रो उम्मेदवार भएको र उनी राम्रो छनौट भएको बताएका छन्।

आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले दुई मुख्य पदमा महिलाको नाम मनोनयन गरिएको विषयले युरोपेली संघ लैङ्गिक समानता तर्फ अघि बढिरहेको भन्ने परिवर्तन(उन्मुख सन्देश दिएको बताएका छन्।

चार मुख्य पदमा सबै मनोनयन पश्चिम युरोपबाट मात्रै भएको र पूर्वी युरोपबाट एउटा पनि नभएको प्रति भने कतिपयले आश्चर्य व्यक्त गरेका छन्।

Advertisement

Advertisement

Advertisement