नेपाल–चीन पारस्परिक सम्बन्ध सुदृढ बनाइने

Advertisement

काठमाडौं । नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी वाङ यीबीच बुधबार वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।

नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त सम्बन्धलाई उच्चस्तरीय भ्रमण आदानप्रदानका माध्यमबाट पारस्परिक लाभका खातिर थप प्रगाढ तुल्याउन दुवै राष्ट्रका परराष्ट्रमन्त्री सहमत भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल र चीनका अधिकारीबीच आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आजै मन्त्री ज्ञवालीले बेइजिङमा रहेका नेपाली विद्वत्वर्ग, प्राज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूसँग उक्त दूतावासमा विदेशमा रहेका नेपालीको सीप र ज्ञान मातृभूमिको विकासका निम्ति उपयोग गर्ने तथा उनीहरूलाई त्यसमा आबद्ध गराउने सरकारको नीतिबारे जानकारी गराए ।

उनले परराष्ट्र मन्त्रालयमा बौद्धिक ज्ञान केन्द्र स्थापना गरिएको जानकारी दिँदै राष्ट्र निर्माणको महान् अभियानमा सहभागी हुन चीनमा रहेका नेपालीलाई आग्रह पनि गरे ।

आजै साँझ मन्त्री ज्ञवाली आफ्नो सम्मानमा नेपाली दूतावासले आयोजित स्वागत समारोहमा सहभागी भए । समारोहमा चीन सरकारका उच्च अधिरी, विद्वत्वर्ग र नेपाली नागरिकको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement