मेलम्चीमा सोझै ठेक्काः एक अर्ब घोटला

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएको पाइएको छ ।

आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषद्बाट बिनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएको हो ।

तीन प्रतिशत कामका लागि आयोजनाले मन्त्रिपरिषद्बाट दुई अर्ब ६३ करोड रुपियाँमा बिनाप्रतिस्पर्धा ठेक्का दिने निर्णय गरेको थियो । जबकि सीएमसीले त्यही काम एक अर्ब ५५ करोड रुपैयाँमा गर्न लागेको थियो ।

यसरी डेढ अर्ब रुपैयाँमा सकिने कामलाई दुई अर्ब ६३ करोड रुपैयाँ ठेक्का दिने निर्णय गराएर एक अर्ब आठ करोड रुपैयाँ गोलमाल गरिएको तथ्य अन्नपूर्णले फेला पारेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापाले लेखेका छन् ।

Advertisement

Advertisement

Advertisement