लक्ष्मी क्यापिटल र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच हकप्रद सेयरको निष्काशनका लागि सम्झौता

Advertisement

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच हकप्रद सेयरको निष्काशनका लागि असार १८ गते बुधबार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन्।

सिटी एक्सप्रेस फाइनान्स कम्पनीको विद्यमान सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ४० करोडको प्रतिसेयर एक सय रुपियाँ अंकित दरले एक कित्ताबराबर एक कित्ता सेयर अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई चयन गरेको हो।

हकप्रद पश्चात फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपियाँ पुग्नेछ।

Advertisement

Advertisement

Advertisement