इपीएस भाषा परिक्षामा १२ हजार उत्तीर्ण भए पनि कोरियाले छ हजार सात सयलाई मात्र लैजाने

Advertisement

काठमाडौं । इपीएस भाषा परिक्षामा १२ हजार नौ जना परीक्षार्थी पास भए पनि सन् २०२० मा दक्षिण कोरियाले छ हजार सात जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको छ । सीप परीक्षणबाट कृषितर्फ दुई हजार र औद्योगिक क्षेत्रमा ४७ सय जना छनोट हुनेछन् ।

यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार नौ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये कोरियाको मानव शसाधन केन्द्रले छ हजार सात सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।

त्यस्तै भाषा परीक्षामा पास भएकाहरुको सीप परीक्षण आउँदो भदौ ४ गतेदेखि १८ गतेसम्म हुने भएको छ ।

भाषा परीक्षामा पास भएका परीक्षार्थीले सीप परीक्षणका लागि असार २० गतेदेखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सीप परीक्षण हुने स्थान भने साउन २९ गते तोकिने छ ।

Advertisement

Advertisement

Advertisement