अमेरिकाको शत्रुतापूर्ण व्यवहार नफेरिएको उत्तर कोरियाको आरोप

Advertisement

कोरिया । उत्तर कोरियाले अमेरिकालाई शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको आरोप लगाएको छ । दुई देशबीच परमाणु सम्बन्धी वार्तालाई पुनः सुचारू गर्ने सहमति भएको केही दिनमै प्योङयाङको पछिल्लो भनाइ आएको हो ।

उत्तर कोरियाले वासिङ्टनलाई कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेको आरोप पनि लगाएको छ । राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाले प्रतिबन्धहरूप्रति आशक्ति देखाएको समेत जनाएका छन् ।

प्रतिबन्धहरूलाई सबै समस्याहरूको अचूक औषधी भनेर हेर्ने दृष्टिकोण हास्यास्पद भएको उसको भनाइ छ । प्रशोधित पेट्रोलियम निर्यात गर्ने पाउने सम्झौता तोडेको भन्दै अमेरिका फ्रान्स, जर्मनी र बेलायतले थप प्रतिबन्ध लगाउन भन्दै राष्ट्रसंघमा पत्र पठाएपछि उत्तर कोरिया थप आक्रोशित भएको हो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ताको प्रस्ताव गरेकै दिन संयुक्त पत्र लेखिएकाले अमेरिका शत्रुतापूर्ण व्यवहारमा अडिग रहेको देखिएको उत्तर कोरियाको भनाई छ । अमेरिकाले भने अहिलेसम्म प्योङयाङको वक्तव्यप्रति प्रतिक्रिया जनाएको छैन ।

Advertisement

Advertisement

Advertisement