‘जो कमजोर बैंक छ, कि राम्रोसँग चलाउनु पर्यो, होइन् भने मर्जरमा जानुपर्यो’

Advertisement

काठमाडौं । नेपाल बैंकर्स एशोसियशनका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुँगानाले कमजोर बैंक वित्तीय संस्थाहरुलाई मर्जरमा जाने यो राम्रो मौका भएको बताएका छन् । उनले बैंकको संख्या घटेर १५–२० वटामा आउनुपर्ने बताए ।

आफ्नो बैंकले जारी गरेको ऋणपत्र बाँडफाँडको कार्यक्रममा बिहीबार उनले भने, ठूलो बैंकले सानो वा कमजोरलाई जबरजस्ती लिने होइन्, उनीहरुको स्वयेच्छा हो, उनीहरुले चलाउन सके राम्रोसँग चलाउने हो, होइन भने मर्जरमा जाँदा हुन्छ, यो राम्रो मौका पनि हो ।

यद्यपि ढुँगानाले मर्जरको प्रक्रिया जटिल रहेकोले राष्ट्र बैंकले भन्ने बित्तिकै मर्जर भइनहाल्ने बताए । उनले भने, ‘राष्ट्र बैंकको निर्देशन नमान्ने भन्ने हुँदैन्, मान्ने हो, तर समय लाग्छ । संयुक्त लगानीका बैंकहरुलाई साझेदारहरुको स्वीकृति चाहिने भएकाले उनीहरु अहिले नै मर्जरमा गइहाल्ने सक्ने अवस्था नरहेको भन्दै बाँकीको हकमा कमजोर बैंकहरुलाई चलाउन गाह्रो भएकाले मर्जर नै उपयुक्त विकल्प भएको बताए ।

Advertisement

Advertisement

Advertisement