‘जवाफदेही बनाउन गैरसरकारी संस्थाहरुमाथि कडाई गर्न लागेको हो’

Advertisement

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको स्पष्ट पारेका छन् । ललितपुरमा बिहिबार ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले तीनै तहको अनुमतिमा काम गर्न पाउने नीतिगत व्यवस्था गरेको स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी लगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीजि क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने पनि बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पुर्‍याउने विश्वास गरिएको छ ।

Advertisement

Advertisement

Advertisement