नबिल बैंक र लायनस क्लबबिच नबिल भिसा कार्ड जारी गर्ने सम्बन्धमा सम्झौता

Advertisement

काठमाडौं । नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता संगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सकिनेछ भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । .

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए । साथै, लायन्स मल्टिपल डिस्ट्रिकका तर्फ बाट चेयरपर्सन डीआर खनालले उक्त कार्यको सर्हाना गर्दै नबिल बैंकलाई धन्यवाद दिँदै यसको फाइदा लिन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह समेत् गरे ।

उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नर सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ साथै अनन्त भेट्वालको उपस्तिथी रहेको थियो । .

सामाजिक हितका लागि सन् १९१७मा स्थापना भएको लायन्स ४६००० क्लब तथा एक करोड चालिस लाख सदश्य भएको बिस्वकै ठुलो संस्था हो । करिब ३२००० सदश्य रहेको लायन्सले १२०० क्लब मार्फत नेपालमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

त्यसैगरी, नबिल बैंकले आफ्नो ७९ शाखा, १३३ एटीएम र १५०० भन्दा बेशी नबिल रेमिट एजेन्ट मार्फत देशै भर बिशाल संजाल फैलाई सेवा सुबिधा दिदै आइरहेको छ ।.

Advertisement

Advertisement

Advertisement