सेयर बजारको सुधारमा ब्रेक लाग्यो, कुनै पनि समूहको सुचकमा सुधार देखिएन्

Advertisement

काठमाडौं । सेयर बजारमा दुई दिन देखिएको सुधारमा बिहीबार ब्रेक लागेको छ । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव २७ अंकले घटेर एक हजार २६० कायम भएको छ भने ६७ करोड रुपियाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धरै कारोबार सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किम र प्रभु बैंकको भएको छ । दुवैका पाँच करोड रुपियाँभन्दा बढिको कारोबार छ । आज कुनै पनि समूहको सुचकहरुमा सुधार देखिएन् । बाणिज्य बैंकको सुचक शुन्य दशमलव ५८ प्रतिशतले झरेको छ भने होटल, जलविद्युत, निर्जीवन बीमा समूहको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ । बाँकी समूहको गिरावट सामान्य छ ।

आज राम्रो नाफा गर्नेमा सर्वोदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा युनियन हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् । बाणिज्य बैंकको उच्च ब्याजदर र बजारमा मागभन्दा बढि आपूर्तिका कारण लगातारजसो घट्दै आएको सेयर बजारमा पछिल्लो समय सम्पत्ति शुद्धीकरणको विषयले प्रभावित भएको छ । सेयर लगानी पारदर्शी गराउन भन्दै राष्ट्र बैंकले यस क्षेत्रमा हुने लगानीको स्रोत खोजी हुने बताएपछि लगानीकर्ता हच्किएको अवस्था छ ।

Advertisement

Advertisement

Advertisement