चीनमा रोजगारको संख्या ७७ करोड पुग्यो

Advertisement

बेइजिङ । नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदै आएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो ।

रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन स्थापना भएको प्रारम्भिक अवधिभन्दा निकै धेरै बढेको छ ।

रोजगार मात्रा विस्तृत भएसँगै चीनको अर्थतन्त्रको स्थिर र लगातार विकास भएको देखिन्छ र रोजगार संरचनाको सुधार र मात्रामा वृद्धिले चीनलाई सम्पन्न समाजमा पुग्न सुदृढ आधार प्रदान गरेको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३।६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४।९ प्रतिशतमा झरेको छ । चुङयुआन बैङ्कका प्रथम अर्थशास्त्री वाङ च्युनको विचारमा रोजगार संरचना र मात्रा सुधार भएबाट सर्वसाधारणको आय बढाउन, उपभोग स्तरलाई उकास्न, समस्त समाजलाई खाना–कपडा स्तरबाट सम्पन्न समाजसम्म लैजान सुदृढ आधार बनाइएको छ ।

केही वर्षयता आफैँ व्यापार चलाउने अवस्था धेरै देखिएको छ । विभिन्न नयाँ उद्योग र मोड पनि उदाएका छन् जसले आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नका साथै रोजगारको स्थिरतालाई सुदृढ समर्थन पनि दिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ । सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको छ । विगत छ बर्षमा शहरी क्षेत्रमा रोजगारीको सङ्ख्या प्रतिबर्ष एक करोड तीस लाखभन्दा बढी पुगेको छ । सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार सङ्ख्या उन्नाइस करोड दश लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी सङ्ख्याको पचीस प्रतिशत पुगेको छ ।

निरन्तर मूल्यको अवस्था हेर्दा सन् २०१८ को कुल ग्राहस्थ उत्पादन सन् १९५२ को तुलनामा १७५ गुणा बढेको छ भने प्रति वर्ष ८।१ प्रतिशत बढेको छ । सन् २०१८ मा चीनको प्रति व्यक्तिको आय नौ हजार ७३२ अमेरिकी डलर पुगेको छ भने मध्य आय स्तर मुलुकको औसत स्तरभन्दा बढी भएको छ ।

Advertisement

Advertisement

Advertisement