ओपोले एफ ११ नयाँ रंगमा सार्वजनिक गर्ने

Advertisement

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओपोले एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले गत अप्रिल महिनामा आफ्नो एफ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको थियो । उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ११ प्रो अन्तर्गत कम्पनीले लगतै एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको थियो ।

अब आएर कम्पनीले ओपो एफ११ पनि नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमाउपलब्ध गराउने तयारी थालेको छ ।

३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडल जस्तै रुचाउने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार नयाँ रंगको एफ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेतामार्फत मध्य जुलाई देखि सर्वत्र उपलब्ध हुने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement