बजाजले एनएस २०० फ्युल इन्जेक्सन प्रविधिको पल्सर मोटरसाइकल ल्याउने

Advertisement

काठमाडौं । बजाज पल्सर एनएस २०० फ्युल इन्जेक्सन प्रविधिको साथमा नयाँ मोटरसाइकल ल्याउने भएको छ। यो बाइक वर्षको अन्त्यतिर लन्च गरिने कम्पनीले जनाएको छ।

पल्सर एनएस २०० मा १९९/५ सीसी, लिक्विड कुल्ड, ४ भल्व, फ्युल इन्जेक्टेड जडान छ, ९५०० आरपीएममा २३/५ एचपीको पावर र ८००० आरपीएममा १८/३ एनएम टर्क जेनेरेट गर्नेछ। यसमा इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। नयाँ पल्सरमा फ्युल इन्जेक्सन टेक्नोलोजी र बीएस–६ इन्जिनको प्रयोग गरिने कम्पनीले बताएको छ।

पल्सर एनएस २०० मा ब्रेकिङको लागि फ्रन्टमा २८० एमएम डिस्क र २३० एमएमको रियर डिस्क समावेश गरिएको थियो। नयाँ सेफ्टी मानकको अनुसार यसमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ। बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क्स र रियरमा मोनोसक उपलब्ध रहेको छ ।

Advertisement

Advertisement

Advertisement