विदेश पठाइदिने भन्दै चार करोड ठगी गर्ने पक्राउ

Advertisement

काठमाडौं । विदेश पठाइदिने भन्दै चार करोड रुपियाँभन्दा धेरै ठगी गरेको अभियोगमा वैदेशिक रोजगार ब्यवसायी छविलालकुमार राई प्रक्राउ परेका छन् ।

काठमाडौंको सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेजका सञ्चालक राईले सिसेल्स र माल्टामा पठाउने भन्दै चार करोड रुपियाँ भन्दा धेरै बढी ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ युवाबाट लाखौँका दरले पैसा लिएको प्रहरीले बताएको छ । युवासँग पैसा लिएपनि विदेश नपठाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।

यसअघि पनि पक्राउ परेका राईले बसुन्धारामा रहेको ईशान हस्पिटल पछाडि नाम नभएको कार्यालय खोलेर ठगी धन्दा चलाइरहेका बेला उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement