काठमाडौं। ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्ने भएको छ। आधा दर्जन बढि संस्थालाई गाभेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्नका लागि शुक्रबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ । सञ्चालकमा दुई जना जनता बैंकबाट आउने बताईएको छ ।
प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् भने बरिष्ठ डेपुटी सिइओ महेश ढकाल हुने बताईएको छ।
राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको तयारी गर्न सबै बैंकलाई निर्देशन दिएका थिए ।