लुम्बिनी बैंक र खल्ती डिजिटलबिच सम्झौताः बैंकका ग्राहकले पैसा सिधै खल्तीमा लोड गर्न पाउने

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार अब लुम्बिनी विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी तथा बैंकका ६५ वटै शाखाहरुमा उपलब्ध डिपोजिट भौचर मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement