गत बर्ष दलाई लामाको जन्मोत्सव मनाउन दिएको सरकारले यस बर्ष प्रतिवन्ध लगायो

Advertisement

काठमाडौं । सरकारले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव मनाउन प्रतिवन्ध लगाएको छ । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो।

तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा दलाई लामाको जन्मदिन मनाउन लागेको थियो । गृह मन्त्रालयले रोक लगाएसँगै जन्मदिन मनाउने योजना रोकिने भएको छ । छिमेकी चीनसँग सम्वन्ध नबिगार्न ‘एक चीन नीति’लाई समर्थन गर्दै आएको नेपालले धर्मगुरु दलाई लामाको जन्मोत्सव बनाउन अस्वीकार गरेको हो ।

प्रवासमा रहेका लामाले स्वतन्त्र दिब्बतका लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन् । उनलाई पश्चिमाहरुले समर्थन जनाउँदै आएका छन् । नेपालले चिनियाँ अधिकारीहरुसँग आफ्नो एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आए पनि नेपालमा लुकिछिपी दलाई लामाका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति मागिए पनि अनुमति नदिएको सार्वजनिक प्रतिक्रिया दिएका छन् । गत वर्ष तिब्बतीहरुले जाउलाखेलस्थित उनीहरुको शिविरमा लामाको जन्मोत्सव मनाए पनि यस बर्ष भने रोक लगाइएको छ ।

धर्मगुरु लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोले धर्मगुरुको जन्मोत्सव मनाउने कार्यक्रममा रोक लगाउनु दुःखद भएको टिप्पणी गर्दै राजनीतिक अभिप्रायले नभई धार्मिक आस्थाका कारण गर्न लागिएको कार्यक्रममा रोक लगाउनु आपत्तिजनक भएको बताएको विभिन्न मिडियाहरुले समाचार उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement