बुढीगण्डकी ओगटेर बसेको चिनियाँ विवादास्पद कम्पनी ‘गेजुवा’को आँखा तनहुँ हाइड्रोमा पनि

Advertisement

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना ओगटेर बसेको विवादास्पद कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)ले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा समेत हात हाल्ने इच्छा देखाएको छ ।

आयोजना लिने तर काममा लार्पवाही गर्ने, लागत बढाउने, समयमा काम सम्पन्न नगर्ने गरेका कारण विवादमाा पर्दै आएको यस कम्पनीलाई विश्व बैंकले कालोसुचीमा समेत राखेको थियो । बुढीगण्डकी जस्तो महत्वपूर्ण आयोजना विना प्रतिस्पर्धा राजनीतिक पहुँचको आधारमा हात पारेर काम अघि नबढाई बसेको यस कम्पनीले तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भएको बोलपत्र आव्हानमा दरखास्त हालेको हो ।

बुढीगण्डकीबाट विवादास्पद कम्पनीलाई हटाएर स्वदेशी लगानीमा आयोजना बनाउन र ठेकेदार कम्पनी खुल्ला प्रतिस्पर्धाबाट छान्न सरोकारवालाहरुले आग्रह गर्दै आए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको छ । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार गेजुवासहित ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् ।

एसियाली विकास बैंक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आहन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसमा एडीबीको ऋण लगानी हुँदैछ । बोलपत्र पेश गर्ने कम्पनीहरुमा तीन वटा चिनियाँ र एक भियतनामको कम्पनीहरु रहेका छन् । तिनीहरुमा गेजुवा, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्ट्रक्सन, नेपाल जेभी रहेका छन् । भियतनामको कम्पनीले नेपालको कालिका कन्ष्ट्रक्शनसँग संयुक्त बोलपत्र दर्ता गरेको हो ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीप थिकेले प्राविधिक बोलपत्रको मूल्याङकन आगामी भदौको दोस्रो साता (अगस्ट २०१९) भित्रमा सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउने एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्ने बताए । ात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको उनले बताए ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरेको थियो । सुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement