प्रभाकर र प्रवलको निधनको कारण पूर्वराजा ज्ञानेन्दले आज जन्मोत्सव नमनाउने

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने निर्मल निवास स्रोतले जनाएको छ ।

हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement