मन्त्री यादवले भने- प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताए।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको जानकारी दिए ।

मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको बताउँदै “सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ भने ।”

विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उहाँले बताए ।

Advertisement

Advertisement

Advertisement