नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा

Advertisement

काठमाडौं । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५/५ ओभरमा तीन विकेटको नोक्सानीमा पार गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा दुई चौका र एक छक्का हिर्काए । भीमले ३४ बलमा दुई चौका र एक छक्का नै प्रहार गरे।

Advertisement

Advertisement

Advertisement