भुटानको गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

Advertisement

काठमाडौं । नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूत नियुक्त गरेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका लागि गैरआवासीय नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको हो ।

Advertisement

Advertisement

Advertisement