पाटा नेपालद्धारा लुम्बिनीमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङग होटल’ तालिम सम्पन्न

Advertisement

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटलमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ्ग होटल’ शीर्षकमा एक हप्ते मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

पाटा नेपाल च्याप्टरद्वारा स्थापित ‘पाटा स्कुल अफ हस्पिटालिटी’ ले नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्य तथा सहयोगमा आयोजना गरेको यस कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेका १७ वटा विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट ३४ जना होटल व्यवसायी तथा कर्मचारीहरुले उत्साहजनक सहभागिता जनाउदै तालिम प्राप्त गरेका छन् ।

“पाटा स्कुल अफ अस्पिटालिटी” एक पाटा नेटवर्कमा आवद्ध पर्यटन सम्बद्ध शैक्षिक संस्थाहरु, उद्योगी व्यवसायीहरु वा पर्यटन विज्ञहरु, तथा युवा पर्यटन प्रोफेशनलहरु मार्फत नेपाली पर्यटन क्षेत्रको मानव संशाधन विकास तथा जनशक्तिहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने एक व्यवहारिक तथा व्यवसायिक तालिम कार्यक्रम हो । यस कार्यक्रममा पाटा नेपाल च्याप्टरले पर्यटन क्षेत्रको आवश्यकता र मागलाई मध्यनजर गर्दै विविध विषयहरुमा सटीक एवम् अन्तरक्रियात्मक तालिम तथा कार्यशाला गोष्ठी कार्यक्रमहरु निर्माण गरेको छ ।

यही जुलाई १ देखि ६ सम्म लुम्बिनीमा सम्पन्न उक्त कार्यक्रम लुम्विनी क्षेत्रका होटलहरुमा आवद्ध जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने तथा सेवामा स्तरोन्नति एवम् सदुढीकरण गर्दै दिगो तथा जिम्मेवार पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा होटल व्यवसाय सफल रुपमा सञ्चालनका लागि आधारभूत, नवीनतम तथा सफल अभ्यासहरु अन्तर्गत फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड प्रोडक्सन तथा सर्भिस (सेवा) ब्यवस्थापन का पक्षहरु, सीप र व्यक्तित्व विकास लगायत प्रभावकारी मेनु इन्जिनियरिङ्ग , स्रोतहरुको अधिकतम उपयोग, फोहर ब्यवस्थापन इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो ।

पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य एवम पाटा स्कुल अफ अस्पिटालिटी संयोजक श्री खेम लकाईले कार्यक्रमको समापन समारोहमा कुनै पनि संस्था र राज्यको विकासमा जनशक्तिहरुको महत्वपूर्ण एवम् सर्वोच्च योगदान रहने तथा पर्यटनक्षेत्रमा जनशक्तिका लागि प्रचूर सम्भावना र अवसरहरु रहेको बताउदै सहभागीहरुलाई प्रेरित गरेका थिए । साथै, वहाँले सहभागीहरुको उज्वल भविष्य एवम् सफल व्यवसाय संचालनका लागि शुभकामना ब्यक्त गर्दै सहभागीहरुलाई पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement