ईक्यान शैक्षिक मेला असार २६ गतेदेखि भृकुटीमण्डपमा, विगतमा भन्दा नयाँ विशेषताहरु हुने

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले १३औँ शैक्षिक मेला राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि आयोजना हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी मेला आयोजनाको तयारीबारे जानकारी दियो ।

वैदेशिक शिक्षाका लागि जान चाहाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने उद्देश्यले हरेक बर्ष आयोजना हुँदै आएको इक्यान शैक्षिक मेला यस बर्षको संस्करण चार दिनसम्म चल्ने छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगलाईसमेत आग्रह गरिएको संघका अध्यक्ष बिष्णुहरि पाण्डेले बताए ।

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था र भारत, चीन बगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रसलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिको सहभागीता हुने जनाइएको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरबारे सुचना प्रवाह गर्ने उद्देश्य राखिएको मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय, र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति एवं अन्य सुविधा, गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरिने जनाइएको छ ।

यस पटकको मेलामा विगतमा भन्दा केही नयाँ विशेषताहरु हुने भन्दै पाण्डेले इक्यानले करिब चार सय स्टल रहने प्रदर्शनीमा क्षेत्र फ्रि वाईफाइ, लाइभ टक शोको व्यवस्था हुने बताए । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क बस सेवाको व्यस्था समेत हुने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement