सेयर बजारमा झिनो सुधार, इन्भेष्टमेन्ट बैंकको छ करोडको संस्थापक सेयर खरिद बिक्री

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार झिनो सुधार भएको छ । सेयर बजार परिसुचक नेप्से दुई दशमलव ९२ अंकले बढेर एक हजार २५० कायम भएको छ भने ४६ करोड ४२ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ ।

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आज सबैभन्दा धेरै छ करोड रुपियाँको खरिद बिक्री भएको छ । त्यसपछि धेरै खरिद बिक्री हुने लक्ष्मी बैंकको चार करोड १३ लाख रुपियाँ छ । आज बाणिज्य बैंकसहित सात वटा समूहको सुचकहरुमा सामान्य सुधार आएको छ भने चार वटाको सामान्य गिरावट छ ।

आज नाफा धेरै गर्नेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement