नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आईपिएस ई - पेमेन्ट प्रणाली मार्फत

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषका ८० प्रतिशत कर्जा भुक्तानीलाई अनलाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंकसँग सम्झौता भई कनेक्ट आईपिएस ई - पेमेन्ट प्रणालीबाट हुने भएको छ । उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट एक्सक्यूटिभ डारेक्टर रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट एकसक्यूटिभ अपरेटिङ अफिसर मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषका ८० प्रतिशत कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईपिएसबाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिनेछ । नागरिक लगानी कोषको कनेक्ट आईपिएस ई - पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ ।

यसका निम्ति ऋृणीले कनेक्ट आईपिएस इ ( पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । www.connectips.com मा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

कनेक्ट आईपिएस ई - पेमेन्ट प्रणालीको सदस्य रहेको हिमालयन बैंक लिमिटेड अनलाईन भुक्तानी प्राणालीलाई विस्तार गर्ने क्रममा विभिन्न संस्थहरुलाई आबद्ध गर्दै आएको छ । डिजिटल भुक्तानी सेवाहरु प्रदान गर्ने अग्रणाी बैंकहरुमध्य हिमालयन बैंक रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement