कोरियाली कम्पनी सामसुङको नाफामा ५६ प्रतिशत गिरावट

Advertisement

कोरिया । दक्षिण कोरियाली कम्पनी सामसुङले वर्षको दोस्रो क्वाटरको नाफामा ५६ प्रतिशतले गिरावट आएको जनाएको छ । मेमोरी चिप र स्मार्टफोनको कम मागका कारण कम्पनीले सामसुङले लगानीकर्ताहरुलाई शुक्रबार चेतावनी दिएको छ ।

कम्पनीका अनुसार जुनको अन्त्यसँगै सामसुङले ५/६ अर्ब डलर लाभ कमाई गरेको छ । जबकी यही समय अघिल्लो वर्ष १२/७ अर्ब डलर नाफा कमाएको थियो । यसरी कम्पनीले एप्पलका स्मार्टफोनलाई डिस्प्ले स्क्रिन विक्री गर्ने गरेकाले व्यापार अझ कम नाफा बेहोर्नबाट जोगिएको छ ।

सामसुङले यो वर्ष मेमोरी चिपको माग कम भएका कारण नाफामा २०१६ पछिकै सबैभन्दा ठूलो गिरावट आएको हो । २०१६ मा सामसुङको ग्यालेक्सी नोट ७ को ब्याट्री पड्कीन र आगो लाग्न थालेपछि कम्पनीले इतिहासकै ठूलो संकटको सामना गर्नुपरेको थियो ।
यसबीच यो वर्ष मेमोरी चिपको माग कम हुँदै जानु र अतिरिक्त आपूर्ति पनि कम हुनुले सामसुङको व्यापारिक वातावरण नोक्सानदायक हुन पुगेको बताइएको छ । सामसुङका पछिल्ला मोडेल ग्यालेक्सी एस–टेन ले राम्रो व्यापार गर्न असफल भएकाले पनि समस्या आएको छ ।

सामसुङ विश्वकै ठूलो स्मार्टफोन विक्रेता कम्पनी हो । यस्तोमा कम्पनीले पछिल्लो समय फाइभ–जी नेटवर्क उपकरण निर्माणमा पनि जोड दिइरहेको छ । त्यसैले हुवावेको बढ्दो विवादले सासमुङलाई फाइदा गराउन सक्ने बताइएको छ जुन अहिले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माणकर्ता हो । तर अर्कोतर्फ हुवावेमाथिको प्रतिबन्धका कारण सामसुङको मेमोरी चिप पनि प्रभावित हुनेछ र परिणाम स्वरुप त्यसको मूल्य घटाउनुपर्ने अवस्था आउने बताइएको छ ।  स्मार्टफोन र नेटवर्क उपकरणमा भने सामसुङलाई हुवावेको विवादले फाइदा पुर्याउने अपेक्षा गरिएको छ । सामसुङले अब यस महिनाको अन्त्यमा मात्र पूरा आम्दानीको विवरण प्रदान गरिने बताएको  हो ।

Advertisement

Advertisement

Advertisement