नर्भिकलाई फेरि अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार

Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा आयोजित एक कार्यक्रममा ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानित गरिएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजले आइतबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त समारोहमा युरोप, एसिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए । नर्भिक हस्पिटलका लागि नर्भिकको अभिभावकीय संस्था विएलसी होल्डिङ्गस् प्रालिका कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरे ।

विश्वभरबाट छानिएका तथा पुरस्कृतन ५५ वटा संघ–संस्थाका प्रतिनिधिधहरु रहेको उत्तः कार्यक्रममा जनप्रशासनसम्बन्धी संस्था, कम्पनी, विश्वविद्यालय, व्यवसायी, प्राज्ञिक तथा गुणस्तर विज्ञहरुको उपस्थिति रहेको थियो । युरोपेली समाज गुणस्तरीय अनुसन्धानसम्बन्धी संस्था हो । यसको मुख्य कार्यालय स्वीटजरल्याण्डमा छ । यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, व्यवसायिक नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने, प्राविधिक नवीनता थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने जस्ता काम गर्दछ ।

नेपालको पहिलो आइएसओ प्रमाणित नर्भिक एक बहुबैशिष्ट्य अस्पताल हो । यो अस्पतालले उत्कृष्ट क्षेत्रीय हस्पिटल अवार्ड
(युरोप विजिनेश एसेम्वली, लण्डन १०१७), दि म्यानेजर अफ दि–एयर अवार्ड (सोक्रेटस नोमिनेसन कमिटी, अफ्सफोर्ड, २०१७), नेपालकै उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड २०१७÷०१८, जस्ता अवार्डहरु पाइसकेको छ ।

Advertisement

Advertisement

Advertisement