मन्त्री बाँस्कोटाले भने- विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासको पत्र आएको हो

Advertisement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् । मन्त्री बाँस्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारेका हुन् ।

मंगलबार बिहान सिंंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ-आफ्नो हितका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रहेको लिएको प्रतिक्रिया दिए ।

मन्त्री बाँस्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको पनि बताए । उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको र सो समस्या समाधान हुनेगरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको पनि बताएका छन् ।

Advertisement

Advertisement

Advertisement