सिद्धार्थ बैंकले रूरल हेल्थ ट्रस्टलाई दुई लाख ५० हजार आर्थिक सहयोग गर्यो

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई दुई लाख ५० हजार सात सय २५ रुपियाँ आर्थिक सहयोग गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् ।

गैर सरकारी संगठनसँग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि ट्रस्ट महिला शिक्षाका लागि कार्यरत छ। बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गरिने बताईएको छ ।

Advertisement

Advertisement

Advertisement