रिडी हाइड्रोपावरले ६५ करोड लागतमा सोलार विद्युत् उत्पादन गर्ने

Advertisement

काठमाडौं । रिडी हाईड्रोपावर कम्पनीले सिटीजन बैंक इन्टरनेशनल तथा नेपाल बंगलादेश बैंकसँग सह वित्तीयकरण सम्झौता गरेको छ। बैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि सम्झौता गरिएको जनाइएको छ।

बुटवल तिलोत्तमा वडा नं ७ मा ६५ करोड ४६ लाख रुपियाँको लगानीमा आयोजना निर्माण गरिने छ। २६ विगाहा जग्गामा ३२ हजार सोलार प्यानल भएको आठ दशमलव पाँच मेगावाटको सौर्य फर्मबाट एक करोड ४५ लाख १० हजार पाँ सय ८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ । ३३ केभी प्रसारण लाइनमार्फत आयोजना निर्माण गरिने छ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादनकै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुनेछ ।

Advertisement

Advertisement

Advertisement