नेविसंघले सडकबाटै दुईतिहाईको सरकार ढाल्ने, प्रधानमन्त्रीलाई बिषादीयुक्त तरकारी उपहार

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भारतसहित अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज नगरे दुईतिहाई बहुमतको सरकार ढाल्ने चेतावनी दिएको छ ।

नेविसंघले प्रमुख जिल्ला प्रशासन काठमाडौंमार्फत् प्रधानमन्त्री केपी ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै निर्णय तत्काल फिर्ता नलिए सरकार ढाल्ने चेतावनी दिएको हो । ज्ञापनपत्रमा सरकारले तत्काल निर्णय खारेज नगरे सडक आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिँदै जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने निर्णय तत्काल खारेज हुनुपर्ने अडान राखेको छ ।

नेविसंघले भारतको दबाबमा बिषादी परीक्षण स्थगित गर्ने सरकारी निर्णयको विरोध गर्दै व्यंग्यस्वरुप प्रधानमन्त्री ओलीलाई विषादीयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ।

Advertisement

Advertisement

Advertisement