सुनको मूल्य घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ६४ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर ६४ हजार तीन सय रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६४ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार १२५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५४हजार ८७० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य र ७२० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement